जनता अभियान शुक्रबार, कार्तिक १७, २०८०

सिन्धुलीमा यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ख ७१२५ नम्बरको बसले बिहीबार दिउँसो महिलालाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार मृत्यु भएकी महिलाको नाम-थर खुलेको छैन।
उक्त बसले दुधौली नगरपालिका-४ एकहटियास्थित मदन भण्डारी राजमार्गमा महिलालाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्