जाजरकोट भूकम्पमा परेका १५७ जनाकै सनाखत, आफन्तले बुझे शव

जनता अभियान सोमबार, कार्तिक २०, २०८०

जाजरकोट भूकम्पमा मृत्यु भएका १५७ जनाको शव आफन्तलाई बुझाइएको छ।

आफन्तले सनाखत गरेपछि मृतकहरूको शव बुझाइएको गृह मन्त्रालयले जनाएको छ।

खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेको गृहले जानकारी दिएको छ।

घाइतेहरू उपचारपछि घर फर्कन थालेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ। जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ र रुकुमपश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको थियो।

भूकम्पमा घाइते २५६ मध्ये १४६ जना उपचारपछि घर फर्किएका छन्।

जाजरकोट भूकम्पमा अहिलेसम्म ९१० वटा घरमा पूर्ण क्षति भएको छ भने २ हजार ८६१ घरमा आंशिक क्षति भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्