टिकटक लाइभमै वक्षस्थल देखाएको आरोप लागेकी शान्ति बराल भन्छिन् – मेरो चरित्र हत्या भयो

जनता अभियान बुधबार, कार्तिक २२, २०८०

टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको आरोप लागेकी रुपन्देहीकी माओवादी नेतृ शान्ति बरालले आफ्नो चरित्रहत्या गरिएको दाबी गरेकी छिन्।

वक्षस्थल देखाएको भिडिओ भाइरल भएपछि उनले एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गरिएको दाबी गरेकी हुन्।

​टिकटकमा एक पोस्ट राख्दै बरालले चरित्रहत्या गर्ने उद्देश्यले विरोधीरूले भिडिओ राखेको दाबी गरिन्।

‘हालै विभिन्न सामाजिक सञ्जालहरूमा आएको मेरो नामको भिडिओप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेकी छिन्, ‘उक्त भिडिओ आफ्नो नभएको र हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आम जनसमुदायमा जानकारी गराउन चाहन्छु।’

उनले आफू राजनीतिक कार्यकर्ता भएको र नियमित टिकटक प्रयोग गरिरहेको बताएकी छिन्। उनले आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी अकाउन्ट सञ्चालन गरेको बताएकी छिन्।

टिकटकमार्फत आफ्नो सामाजिक सम्पर्क तथा समर्थकहरू देखेर पहिलेदेखि नै विरोधीहरूले चरित्रहत्या गर्ने धम्की दिँदै आएको दाबी उनले गरेकी छिन्।

‘केही उच्छृङ्खल व्यक्तिहरूले भिडिओलाई सम्पादन गरी अश्लील बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएको छ,’ उनले लेखेकी छन्।

उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले आफ्नो चरित्रहत्या गरेकाले कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेकी छिन्।

‘उक्त नक्कली भिडिओ सामाजिक सञ्जालहरूमा आएपछि पर्न गएको असुविधाप्रति सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी र मेरा सामाजिक सञ्जालहरूका समर्थकहरूमा क्षमा चाहन्छु,’ उनले लेखेकी छिन्।

टिकटकमा अश्लील हर्कत गरेको भन्दै नेकपा माओवादी केन्द्र सैनामैना नगर समितिले साधारण सदस्यसमेत नरहने गरी बराललाई निलम्बन गरेको छ।

Baral1699359274.jpg

यहाँ कमेन्ट गर्नुहोस्