३१ किलो गाँजासहित दुहबीबाट एक जना पक्राउ

जनता अभियान बुधबार, कार्तिक २२, २०८०

सुनसरीको दुहवी नगरपालिका-८ बाट लागुऔषध गाँजासहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ धनकुटाका २१ वर्षीय अनिश तामाङ रहेका छन् । तामाङले चलाएको प्रदेश १-०२-०४२ प ३७५४ नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो।

मंगलबार बिहान दुहबी-८ स्थित कोशी लोकमार्गमा को.१ह ८४७८ नम्वरको सिटी सफारी र प्रदेश १-०२-०४२ प ३७५४ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक तामाङसहित सिटी सफारी चालक तथा सिटीमा सवार दुई जना मानिससमेत घाइते भएका थिए।

तत्काल इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय जीवनज्योती स्वास्थ्य सेवा प्रालिमा लगेको थियो।

दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाइकलमा रहेको कालो रंगको भिर्ने झोला र ३ वटा जेब्रा झोलामा ३१ किलोग्राम लागुऔषध औषध गाँजा फेला परेको हो ।

मोटरसाइकलमा रहेको झोलाबाट गाँजा बरामद भएसँगै उपचारपश्चात तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्