भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

जनता अभियान शुक्रबार, कार्तिक २४, २०८०

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

भक्तपुर नगरपालिका-३ की ६५ वर्षीया अमृता कँडेल र ३३ वर्षीय संगीता आलेमगर घाइते भएका हुन्।

मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरको प्रबिन पेट्रोल पम्पपछाडि चितुवाले उनीहरूलाई शुक्रबार बिहान आक्रमण गरेको हो।

आक्रमणबाट घाइते भएका दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।

चितुवा बिहान ६:५५ मा त्यहाँ भेटिएको थियो।

दुई वटा घरको चेपमा बसेको चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय हात्तीसारबाट गएको प्राविधिक टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्