होटल सञ्चालकसहित सात जना जुवाडे पक्राउ

जनता अभियान शनिबार, कार्तिक २५, २०८०

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसहित सात जना जुवाडे पक्राउ परेका छन्।

बिहीबार राति जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्