जनता अभियान सोमबार, कार्तिक २७, २०८०

गोरखामा आगलागी हुँदा आमा-छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा धार्चे गाउँपालिका-१ हुल्चोक बस्ने ७५ वर्षीया कान्छी गुरूङ र उनकै छोरा ३९ वर्षीय चन्द्रसिहं गुरूङ छन्।
आगलागीमा जलेर शनिबार राति मृत्यु उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
कान्छी गुरूङको ढुंगा माटोको गारो एवम् जस्ताको छानो भएको एकतले घरमा आगलागी हुँदा घरमा सुतिरहेका दुबै जनाको जलेर मृत्यु भएको बताइएको छ। आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ।
यहाँ कमेन्ट गर्नुहोस्