टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो : गगन थापा

जनता अभियान सोमबार, कार्तिक २७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन्।

थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक रहेको तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको टिप्पणी गरेका छन्।

सोमबार मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै थापाले विरोध गर्दै भनेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।’

थापाले सामाजिक सञ्जाल एक्समा लेख्दै यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्