बारामा ढुंगा हानाहान, मध्यराति ८ राउन्ड हवाई फायर

जनता अभियान मंगलबार, मंसिर ०५, २०८०

दुई समूहबीच झडप भएपछि प्रहरीले बारामा मध्यराति हवाई फायर गरेको छ।

बारा पचरौता नगरपालिका-७ बेनौलीमा झन्डा मेला लगाउने विषयलाई लिएर सयौं मानिसबीच ढुंगामुढा हानाहान र झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति ११ बजे दुई राउन्ड हवाई फायर गरिएको थियो।

तर, फेरि ११:४५ मा दुबै समूहबीच झडप हुन थालेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको हो।

हवाई फायरपछि भीड तितरबितर भएको छ। ढुंगा हानाहानबाट दुई जना व्यक्ति घाइते भएका छन्।

घायते हुनेमा पचरौता नगरपालिका-७ बेनौलीका ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चन्डीका पटेल रहेका छन्।

अहिले स्थिति शान्त रहेको प्रहरीले जनाएको छ।

मेलाको विषयलाई लिएर दुई पक्षका सयौं मानिसहरूबीच विवाद भएपछि ढुंगामुढा हानाहान र झडप भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्