दाङमा दाजुभाइ मृत फेला

जनता अभियान मंगलबार, मंसिर ०५, २०८०

दाङमा एउटै घरका दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा लिएर भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे।

मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए।

शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण थाहा हुने पोखरेलले बताए।

यहाँ कमेन्ट गर्नुहोस्