डाेटी भूकम्प पिडित माथि सरकारले गर्याे ठुलो अन्याय

राज बगाेटी शुक्रबार, मंसिर ०८, २०८०

सरकारले डोटी जिल्ला पुर्बीचौकी गाउँपालिका का भूकम्प पिडित माथि ठूलो अन्याय गरेको स्थानीय गणेश बोगटीले बताउनुभयो। २०७९ साल को भूकम्पले मानवीय क्षतिका साथै भौतिक क्षति पनि पूर्ण रुपमा भएको छ। पुर्बीचौकी गाउँपालिकाका भूकम्प पिडित आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन् ।

गणेश बोगटीका अनुसार डोटी जिल्ला भूकम्प प्रभावित बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा चिसोले बिरामी पर्न थालेका छन्
चिसोको मौसममा पनि एउटा टेको को भरमा त्रिपाल मुनि बाहिर चिसोमा रात बिताउनु परेको कुरा यथावत नै छ। यो केहि दिन पहिले मात्रै केन्द्र सरकारले भूकम्प प्रभावित क्षेत्र रुकुम,जाजरकोट,बझाङ, बाजुरा का लागि सरकारले एक अर्ब पचास करोड रुपैयाँ पुन निर्माण का लागि त्याहाका जिल्ला प्रशासन कार्यालय को नाममा पठाई सकेको थियो ।

डोटी जिल्ला का प्रतिनिधिहरु लाई यो सरकारले व्यवस्था गरेको हो यहाँका प्रतिनिधि सभा का सांसद प्रेम आले ज्युलाई थाहा छैन कि भूकम्प प्रभावित क्षेत्र डोटी जिल्ला पनि हो भन्ने कुरा असल कामको अनुकरण र स्पर्धा सधैँ उत्तम कुरा हो तसर्थ यो जिल्लाका पत्रकार मित्र हरुले पनि यो बिषय मा खबर दारी गरिदिन गणेश बोगटी जानकारी दिनुभयो ।

यथार्त कुरा भूकम्प प्रभावित ठाउँका मानिसहरूलाई पनि केही बुझाउने कोसिस पनी गर्नु होला ।

यो गाठबन्धन काठपुतली सरकारलाई थाहा छैन र यहाँका भूकम्प पिडित माथि अन्याए भयो भन्ने कुरा मुखुण्डो मा लुकेका डोटी जिल्ला का असली अनुहारहरु काहा छन् किन यो क्षेत्र का भूकम्प पीडित को बारेमा किन चासो नदिएको गणेश बोगटीले भने माननीय प्रेम आले ज्यू जबाफ चाहियो डोटी जिल्ला का भूकम्प प्रभावित क्षेत्र का जनतालाई एक अर्ब पचास करोड रुपैयाँ विनियोजन हुँदा पनि यो भूकम्प प्रभावित क्षेत्र लाई यति धेरै किन दबाएर राख्नु भयो हिजो को दिन तपाईं लाई यहाँ भूकम्प प्रभावित क्षेत्र का जनताहरूले पनि मतदान गरेर विजय गराउनु भएको हो भन्ने कुरा यति छिट्टै बिर्सनु भएको हो र आफ्नाे क्षणिक स्वार्थ पूर्तिका लागि बोलिएका झूटहरु कति दिन ढाटन सक्छौं प्रभावित ठाउँका दाजुभाई लाई तपाईंले बोलेका कुराहरु अहिले पनि मनमा खुल्दुली भै रहेका छन् ।

केन्द्रिय माननीय ज्यू प्रदेश माननीय ज्यू र स्थानिय प्रतिनिधी ज्यू हरु आफ्नो आफ्नो दायित्व कर्तव्य जिम्मेवारी पूरा गर्न नभुल्न गणेश बोगटीले बताउनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्