जनता अभियान बिहिबार, मंसिर २८, २०८०

देशका विभिन्न जिल्लामा मृत अवस्थामा चार जना फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पाँचथर, हिलिहाङ गाउँपालिका-३ गोपेटार बस्ने ३६ वर्षीया प्रमिला परियार आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
सुनसरी, धरान उपमहानगरपालिका-१३ जानकीचोक डेरा गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका-३ घर भएकी २८ वर्षीया विनिता लिम्बू आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ धरहरा टप्पनस्थित कोशी नदीको भंगालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सप्तरी, राजबिराज नगरपालिका-१२ दमाबत्तीस्थित ठूलो नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्