पाँच लाख घुससहित समातिए बाराबाट वडाध्यक्ष

जनता अभियान सोमबार, पुष ०२, २०८०

बाराको जितपुर-सिमरा उपनगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले सोमबार पक्राउ गरेको हो।

कार्कीलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए।

वडाबाट हुने सिफारिसका लागि उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको प्रवक्ता गौतमले बताए।

यहाँ कमेन्ट गर्नुहोस्