समाजिक अभियन्ता गिरीद्वारा भारतीय पर्यटकलाई स्वागत

जनता अभियान सोमबार, पुष १६, २०८०

विराटनगर । समाज सेवामा सक्रिय बनेका अभिषेक गिरीले रानी  जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरेका छन् ।

सोमबार टोपी दिवसको अवसर पारेर गिरीले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेका हुन् ।

गिरीको गिरी फाउन्डेसनुले आज बिहानै रानी(जोगबनी नाका भएर विराटनगर भित्रने केही पर्यटकलाई टोपी लगाइदिएर स्वागत गरेका थिए ।

साथै, गिरीले रानी जोगबनी नाकाबाट मात्र नभएर अरू नाकाबाट नेपाल भित्रने पर्यटकहरूलाई सम्मानका साथ नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अनुरोध गरे ।

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह गरे । उनले भारतीय प्रहरीसमक्ष पनि नेपाल भारतबीच रोटी बेटीको सम्बन्ध रहेको बताउँदै नेपालका उपभोक्ता वा पर्यटकप्रति राम्रो व्यवहार गरिदिन अनुरोध गरे ।

यहाँ कमेन्ट गर्नुहोस्