कोशीका मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विनोद मेहता आइतबार, पुष २२, २०८०

विराटनगर, पुस २२ गते । कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण आइतबार प्रदेश प्रमुखको कार्यालयमा गराएका हुन् ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत छन् ।

यहाँ कमेन्ट गर्नुहोस्