संजय राजवंशी शनिबार, माघ १३, २०८०

कटहरी । चरम आर्थिक मन्दीबीच जागिर खुलाइएपछि गाउँपालिका अध्यक्षको आलोचना भएको छ ।
कोरोना महामारीपछि सिर्जित चरम आर्थिक अभाव भएको बेला करार पदपूर्तिका लागि जागिर आव्हान गरेको भन्दै कटहरी गाउँपालिकामाथि सामाजिक सन्जालमा आलोचना भएको हो ।
स्थानीय युवा नेता रन्जित पाैदार सामाजिक सन्जालमा लेख्छन्, ‘यस्तो आर्थिक अवस्थामा कटहरी गाउँपालिकाले पूर्वअध्यक्ष रामकुमार कामतले आफ्नो छाेरी जागिर लगायाे र देवराज चाैधरी आफ्नो बुहारीलाई जागिर लगायाे अब फेरी नगर प्रहरीमा छाेरी जुवाँई र सालिलाई जागिर लगाउने भएछ ।’
कटहरी स्थानीयवासीका जनताले आ-आफ्नो सामाजिक सन्जालमार्फत विरोध गरिरहेकाे देखिन्छ ।
कटहरी गाउँपालिकाले प्रथम पटक प्रकाशित मिति २०८०/१०/९ गते हाम्रोमत पत्रिकामा १५ दिने नगर प्रहरी करार जागिर खाेलिएकाे सुचना जारी गरिएको छ ।
कटहरी नगर प्रहरी भन्नी सुचना निकालिएको हाे । नगर प्रहरी हब्लदार एक जना र नगर प्रहरी जवान छ जना जस्मध्य दुई जना महिला रहेको पत्रिकामा सुचना प्रकाशित गरिएको छ ।
वडा नम्बर ७ का वडा अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता मनाेज माझिका अनुसार समाचार तयारी गर्ने समयसम्म ८ जनाले निवेदन दिइसकेको हुनुपर्छ बताउँदै याे पहिलाकै कार्यविधि अनुसार हामी सुचना निकालिएको हाे बताए ।