आमा

फा. कृष्णनन्दन मेहता शनिबार, माघ १३, २०८०

आमा माया, मुस्कान, संस्कार, संवेदना, भावना, धडकन, गित, गुरु, डाक्टर, वैद्य, सृष्टि, जगत, ब्रह्माण्ड हुन्
आमा सत्य हुन, प्रेम हुन, त्याग हुन, एक शब्दमा भन्दा आमा महान हुन ।१।

आमा सूर्य उदाउनु भन्दा पहिले बिउझिन्छिन, चुल्हो चौका झाडु पोछा सबैको हेरचाह गर्छिन
कहिले खाना अपुग हुँदा आफूलाई मन नपर्ने बहानामा अघाउने गरि पस्किन्छिन ।२।

आमालाई सबै थाहा हुन्छ, टाउको छामेर तापक्रम बताईदिन्छिन, पानी पट्टीले ज्वरो घटाईदिन्छिन
चिसो आफुलाई लाग्छ, स्विटर हामीलाई लगाईदिन्छिन
आमा जस्तो माया कसले गर्न सक्छन् यहाँ, फुकेर चोट दु:ख पिडा सबै भुलाईदिन्छिन ।३।

कुनै शुभ कार्य होस वा परिक्षा, दही चिनी सगुन संगै आशीर्वाद दिन्छिन
पति दिर्घायूको व्रत, सन्तान सुरक्षाको व्रत, जगत कल्याणको व्रत बिना शर्त बस्छिन् ४।

परिवारको खुशीको लागि सबै सुख त्यागछिन, सन्तानको सफलतामा सबैभन्दा बढी खुशी हुन्छिन्
जिम्मेवारी पूरा गर्न घरबाट निस्किदा, ढोका छेउमा उभिएर धुरुधुरु रुन्छिन, आँखा भरी आँशु मन भरी माया सहित बाटो हेर्दै बिदा गर्छिन ।५।

आमा आफू पिडामा हुँदा भित्र भित्रे रुन्छिन, बाहिर शान्त खुशी हौसला सधैं प्रदान गर्छिन
आफू भोको बस्दा पनि पहिलो प्रश्न, खाना खायो कि नाई भनेर सोधछिन
कसले गर्छ यति धेरै निस्वार्थ माया, जति आमाले गर्छिन ।६।

यहाँ कमेन्ट गर्नुहोस्