बर्जुमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते, देवानगन्जका मेहता पक्राउ

विनोद मेहता आइतबार, माघ २१, २०८०

देवानगन्ज । सुनसरीको बर्जु गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् ।

शनिबार साँझ ७ बजेतिर बर्जु-५ अमाही बेलाचोकमा प्रदेश १-०२-०४५ प १७२५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट अमाहीकै अन्दाजी ४३ वर्षीया सुशीला चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

विराटनगर-देवानगन्ज भित्री सडकखण्डअन्तर्गत अमाहीमा देवानगन्जबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चौधरीको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारको लागि गोल्डेन हस्पिटल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सीतागन्जले मोटरसाइकल चालक देवानगन्ज गाउँपालिका-३ बस्ने
२१ वर्षीय मनिष मेहेतालाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते भएका मेहता प्रहरीको निगरानीमा उपचाररत छन् ।

यहाँ कमेन्ट गर्नुहोस्