प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

जनता अभियान आइतबार, माघ २१, २०८०

दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।

दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या  गरेका हुन्।

शनिबार राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेका उनले आइतबार बिहान सलले घाँटी कसेर श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेका हुन्।

श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा पुगेर उनले पटक पटक श्रीमतीले घरमा बेवास्ता गरेको भनेपछि सहन नसकेर हत्या गरेको बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्