कैलाली प्रहरी हत्या प्रकरणः ८ जनालाई जन्मकैदको सजाय

विनोद मेहता बुधबार, कार्तिक १०, २०७८

 

काठमाण्डौं । जिल्ला अदालत कैलालीले ८ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

कैलालीमा गत वर्ष कार्तिक २ गते नेपालबाट भारततर्फ सामान तस्करी गर्ने गिरोहलाई अवरोध गरेको निहुँमा २ प्रहरीको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना, रामगोपाल राना र अमर राना रहेका छन् ।

राजिब गुप्ताले भने सफाई पाएका छन । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा उनीहरुलाई दोषि ठहर गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्