विनोद मेहता बुधबार, कार्तिक १०, २०७८
विराटनगरस्थित कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बुधबार बेलुका ट्रक, कार र सरकारी गाडी दुर्घटना भएको थियो । दुर्घटनामा विराटनगर महानगरपालिका– ३ का ६० वर्षीय रमेश पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते ६ मध्ये तीन जनाको नोबेल मेडिकल कलेज र ३ जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
तीनवटा सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्