फस्ट बेन्चमा बस्ने खरिदार छ, लास्ट बेन्चमा बस्ने म मुख्यमन्त्री भए ः केदार कार्की

जनता अभियान बिहिबार, माघ २५, २०८०

कोशी प्रदेशका मुख्यमन्त्रीले फस्ट बेन्चमा बस्ने साथी खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफु मुख्यमन्त्री भएको बताएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा उनले विद्यालयमा फस्ट बेन्चरमा बस्नेहरु खरदार भएको तर आफू लास्ट बेञ्चर भएपनि मुख्यमन्त्री बनेको बताएका हुन् ।

‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु,’ दुई दिनअघि भाषण गरेको उनले भनेका थिए,‘ उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ।’

कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताए । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास गर्यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन’, उनले भाषणमा भनेका छन्,‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’

उनले अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने बताए । मुख्यमन्त्रीले  भाषण गर्दा विद्यार्थीले समर्थनमा हुटिङ गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्