जनता अभियान शनिबार, माघ २७, २०८०

चितवनमा शुक्रबार राति बस दुर्घटन भएको छ। दुर्घटनमा परी २० जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका-२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख २००४ नम्बरको बस सडक छेउमा रोकिराखेको प्र २०३-००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए।
यहाँ कमेन्ट गर्नुहोस्