विनोद मेहता मंगलबार, फाल्गुण ०१, २०८०

धरान । सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-१ का ३७ वर्षीया अर्जुन विश्वकर्मा रहेका छन् ।
सामूहिक जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट २०६७ सालमा नौ वर्ष पाँच महिना १९ दिन कैद फैसला भई फरार थिए ।
उनलाई धरान उपमहानगरपालिका-१२ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।
१३ वर्षअघि नाबालिका १५ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेका उजुरीपछि उनी फरार बनेका थिए ।
खोजतलास गर्ने क्रममा उनी लुकिछिपी धरान एरियामा बस्ने गरेको सुराक पत्ता लगाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेको प्रतिवादीलाई तोकिएको कैद जरिवाना भुक्तानीका लागि सुनसरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।