प्रतिनिधिसभाको बैठक आज बस्दै

विनोद मेहता बिहिबार, कार्तिक ११, २०७८

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

दिउँसो दुई बजे बैठक बस्ने तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि कात्तिक ९ गतेका लागि बैठक तय भएपनि आजका लागि सारिएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

नेकपा ९एमाले०ले कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधिसभा बैठक सारिएको थियो ।

संसद बैठक लगातार अवरोध गर्दै आएको एमालेले आजको बैठक पनि चल्न नदिने सम्भावना छ । आफूले कारबाही गरेको माधव नेपालसहितका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्