पेट्रोलको ट्यांकरभित्र ५९४ किलो गाँजा फेला, चार जना पक्राउ

जनता अभियान बुधबार, फाल्गुण ०२, २०८०

धनकुटा भेडेटारबाट प्रहरीले ५९४ किलो गाँजा बरामद गरेको छ। यसक्रममा चार जना व्यक्ति पक्राउ परेका छन्।

साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चार जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को१ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरबाट गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाएर गाँजा ल्याइएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्