जुन रुख काट्दै थिए, त्यसैमा च्यापिएर बिते किशोर

जनता अभियान शनिबार, फाल्गुण ०५, २०८०

बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार पाटन नगरपालिका-५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको मृत्यु भएको हो।

आफैंले काट्दै गरेको सल्लाको रुखले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरनजिकैको जंगलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए।

उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्