रौतहटमा थप चार वडामा कर्फ्यू विस्तार

जनता अभियान आइतबार, फाल्गुण ०६, २०८०

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उछृङ्खल गतिविधि बढेपछि प्रशासनले कर्फ्यूको दायरा बढाएको छ।

ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू अवधिमा साम्प्रदायिक विवाद बढ्ने सम्भावनालाई नजर गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार एक सूचना जारी गर्दै कर्फ्यूको दायरा फराकिलो बनाएको जनाएका हुन्।

अब नगरपालिकाका वडा २,३,४,५ समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। यसअघि प्रशासनले ६ र ७ नम्बर वडामा कर्फ्यू लगाएको थियो।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरैयादेखि जयनगरसम्म चार किल्लाभित्र कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख छ।

साथै, साम्प्रदायिक विवा फैलाउने-बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।

पछिल्लो दुई तीन-दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएका विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू राखेको प्रहरीको भनाइ छ।

newskarkahna-news643381.1708249609.jpeg

यहाँ कमेन्ट गर्नुहोस्