बिहे गर्ने खर्च कमाउन मलेसिया गएका थिए, उतै बिते

जनता अभियान सोमबार, फाल्गुण ०७, २०८०

बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरवपालिका-४ जर्गका ३० वर्षीय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए।

आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत् थिए। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैं मनाएर फेरि वैदेशिक रोजगारीका लागि गएका थिए।

गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेसिया गएका थिए। अर्को पटक घर आउँदा बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका विष्णु उतै बितेका छन्।

उनको मृत्युको कारण खुल्न सकेको छैन्। विष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवम् दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए।

यहाँ कमेन्ट गर्नुहोस्