कप्तानगन्ज हुँदै भारत प्रवेश गरेका तीन विदेशी नागरिक पक्राउ

सुनसरी हुँदै भारत प्रवेश

विनोद मेहता बिहिबार, कार्तिक ११, २०७८

नेपाल भ्रमणका लागि आएका तीन विदेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । सुनसरी हुँदै भारत प्रवेश गरेपछि एसएसबीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीन जना महिला हुन् । उनीहरू उज्वेकिस्तानबाट भिजिट भिसामा नेपाल आएका थिए ।

सुनसरीको बाटो भएर दिल्ली जाने क्रममा एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । स्थानीय सञ्चारकर्मी राजेशकुमार शर्माले उपलब्ध गराएको जानकारीअनुसार दुई स्थानीय युवालाई साथमा लिएर ट्याम्पुमा जाँदैगर्दा एसएसबीको ५६औँ बटालियन पथरदेवा बिओपीको टोलीले नियन्त्रणमा लिएको हो ।

भारतमा पक्राउ परेका उज्वेकिस्तानकी २० वर्षीया राजाबाभा इनोवेट, २२ वर्षीया राजाबाभा स्मिगुल र १८ वर्षीय युसूपाभा डायना हुन् । उनीहरूसँगै रहेका भारत नरपतगन्ज बसमतिया बस्ने २४ वर्षीय मोहम्मद इस्माइल र १९ वर्षीय सरोजकुमार साहलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरू सुनसरीको देवानगन्ज कप्तानगन्जको बाटो हुँदै भारत प्रवेश गरेको एसएसबीको स्रोतले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्