सुनसरीबाट १२२ किलो गाँजा बरामद

जनता अभियान सोमबार, फाल्गुण १४, २०८०

हरीले सुनसरीबाट १२२ किलो गाँजा बरामद गरेको छ।

देवानगन्ज गाउँपालिका-५ साहेवगन्जस्थित पश्चिम टोल क्षेत्रबाट सोमबार बिहान प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय साहेवगन्जबाट खटिएको प्रहरीलाई देख्ना साथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर३९ इ २२८८ नम्बरको मोटरसाइकल चालक फरार भएका थिए।

उनी मोटरसाइकल र चार वटा बोरा छोडेर फरार भएका थिए। बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्