सेफ्टी ट्याङ्करभित्र लुकाएको लागुऔषधसहित एक जना पक्राउ

जनता अभियान बिहिबार, फाल्गुण १७, २०८०

गोकर्णेश्‍वर नगरपालिका-५ जम्मुडाँडाबाट नियन्त्रित लागुऔषध विनसिरेक्स ४७५ बोतलसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-३ ठेगाना भएका ३४ वर्षीय नवीन मोक्तान छन्।

उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको छोलीले पक्राउ गरेको हो।

उक्त स्थानमा रोकिराखेको ना८ख २०२२ नम्बरको सेफ्टी ट्याङ्की जाँच गर्ने क्रममा सिटमुनि उक्त परिमाणको लागूऔषध फेला परेको ब्युरोले जनाएको छ।

उक्त लागुऔषध ओसार-पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाउपर लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्