भारतबाट बढेर आए पनि नेपालमा इन्धनको मूल्य नबढ्ने

जनता अभियान शुक्रबार, फाल्गुण १८, २०८०

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ।

योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।

newskarkahna-news652820.1709251716.jpg

 

यहाँ कमेन्ट गर्नुहोस्