मोरङमा सशस्त्रका डिएसपी झुन्डिएको अवस्थामा मृत फेला

जनता अभियान सोमबार, फाल्गुण २१, २०८०

मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।

मोरङको धनपालथान गाउँपालिका-३ सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत् डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार ३८ वर्षीय बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।

‘हामीलाई जानकारी भर्खरै आएको हो, घटनास्थलमा टोली गएको छ,’ दाहालले भने।

पाल्पा घर भई काठमाडौं बस्दै आएका बस्याल चार-पाँच महिनाअघि उक्त गुल्ममा सरुवा भएर गएका थिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यहाँ कमेन्ट गर्नुहोस्