राष्ट्रपति कार्यालयमा तीन मन्त्रीको सपथ तयारी

जनता अभियान सोमबार, फाल्गुण २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरूलाई सोमबार नै सपथ ग्रहण गराउने भएका छन्।

राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका ५ बजे नयाँ मन्त्री सपथ गराउने जानकारी गराएका छन्।

सोमबार तीन जना मन्त्रीले सपथ लिने तयारी छ। मन्त्रीहरूको सपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्।

माओवादीबाट हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याल मन्त्री भएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्