उदयपुरमा भीरबाट जीप खस्यो, ६ जनाको मृत्यु, सात जनाको गम्भीर घाइतेकाे उद्दार

जनता अभियान बिहिबार, चैत्र ०१, २०८०

उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट यात्रुबहाक जीप खसेको छ ।

भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको जीप भीरबाट खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार मैनामैनीको भीरबाट करिब पाँच सय मिटर तल गाडी खसेको थियो ।

घटनास्थलबाट उद्दार गरेर सात जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । ‘गाडीले चपिएको अवस्थामा केही शवहरु छन्,’ उनले भने,‘ चार जना गाडीमा चेपिएका छन्, भिरमा पनि शव छन् ।’कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले ६ जनाको शव घटनास्थलमा भेटिएको बताए । ७ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको उने बताए । उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्छ ।

यहाँ कमेन्ट गर्नुहोस्