जनता अभियान आइतबार, चैत्र ११, २०८०

रौतहटको चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।
बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
सर्लाहीतर्फ जाँदै गरेको मे१ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दम्पतीलाई ठक्कर दिँदा उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो।
लगत्तै उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।
यहाँ कमेन्ट गर्नुहोस्