आज तराईमा होली पर्व मनाइँदै

विनोद मेहता सोमबार, चैत्र १२, २०८०

फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व  मनाइएको  थियो  ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्