संसदीय प्रणाली सुदृढ बनाउन ढुंगानाले महत्त्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली

जनता अभियान सोमबार, मंसिर ०३, २०८१

प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा संसदीय प्रणाली सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ढुंगानालाई श्रदाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

पूर्वसभामुख ढुंगानाको आर्दशबाट आफू प्रेरित भइरहने प्रधानमन्त्री ओलीको भनाइ थियो । सोमबार काठमाडौंको नयाँ गौचरनमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि ओलीले चित्रण गरेका थिए । जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको ओलीको भनाइ थियो ।

‘संसद्लाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो,’ ओलीले भने, ‘त्यही सोचले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान रहेको छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरूबाट प्रेरित रहनेछौँ। उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौं ।’

यहाँ कमेन्ट गर्नुहोस्