सामाजिक सञ्जालमा भ्रम फैल्याएको आरोपमा फेरि पक्राउ परे दुर्गा प्रसाईं

जनता अभियान मंगलबार, मंसिर ०४, २०८१

विवादित अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि प्रहरीले पक्राउ गरेकाे छ ।

सामाजिक सञ्जालमा भ्रम फैल्याएको आरोपमा मंगलबार उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो सिआइबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।

विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेकाे भन्दै गत असाेज ६ गते उनलाई प्रहरीले पक्राउ गरेको थियाे ।

तर, १५ असाेजमा प्रसाईंलाई १ लाख धरौटीमा रिहा  गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियाे ।

यहाँ कमेन्ट गर्नुहोस्