देवानगन्जका ७६ महिला जसपामा प्रवेश

जनता अभियान आइतबार, कार्तिक १४, २०७८

सुनसरीको देवानगन्ज गाउँपालिकाका ७६ जना महिला जनता समाजवादी पार्टी ९जसपा० मा प्रवेश गरेका छन् । शनिबार देवानगन्ज–३ को वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच विभिन्न पार्टीका ७६ महिलाले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७६ महिलाले जसपा रोजेको जसपाका देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए । जसपा जिल्ला अध्यक्ष भगिरथ खत्वेको सक्रियतामा विभिन्न दल परित्याग गरी महिलाहरू जसपामा प्रवेश गरेको उनको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्