‘जनता अभियान’को केन्द्रीय कार्यालय देवानगन्जमा

विनोद मेहता आइतबार, कार्तिक १४, २०७८

सुनसरीको देवानगन्ज गाउँपालिबाट सञ्चालित ‘जनता अभियान डटकम’को औपचारिक उद्घाटन हुने भएको छ । जेए मिडिया हाउस प्रालिद्वारा सञ्चालित जनता अभियानको औपचारिक उद्घाटन आगामी कात्तिक १६ गते मंगलबार हुने भएको हो ।

मंगलबार दिउँसो १ बजे देवानगन्ज–३ नयाँ हाटको सामुदायिक भवनमा एक कार्यक्रम गरी औपचारिक उद्घाटन गर्न लागिएको जनता अभियानका प्रवन्धक विनोद मेहताले जानकारी दिए । उनका अनुसार जनता अभियानको केन्द्रीय कार्यालयसमेत देवानगन्जमै खुल्ने तयारी रहेको छ ।

देवानगन्ज–२ मा स्टुसडियोसहितको कार्यालय खोल्न लागिएको जनाउँदै प्रवन्धक मेहताले स्थानीय स्तरमा रहेर भएपनि जनतालाई निष्पक्ष समाचार दिने आफूहरुको योजना रहेको सुनाए ।

यहाँ कमेन्ट गर्नुहोस्