देवानगञ्ज गाउँपालिकाद्वारा योजना अनुगमन

Janata Abhiyan बुधबार, आषाढ ३०, २०७८

सुनसरी । देवानगञ्ज गाउँपालिकाले विकास निर्माणको अनुगमन गरेको छ । गाउँपालिकाले ७ वटै वडामा निर्माण भइरहेका विभिन्न विकास निर्माणका कार्यहरूको स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको छैन ।

अनुगमन गरिएका योजनामध्ये केही योजना मात्रै सम्पन्न भएका छन् भने अधिकांश योजना निर्माणधीन अवस्थामा छन् । धेरै योजना बहुवर्षीय योजनामा रहेकाले आगामी वर्ष निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । देवानगञ्ज गाउँपालिका–५ साहेबगञ्जस्थित अमर सिंह माध्यमिक विद्यालयमा ९८ लाखको लागतमा भवन निर्माणको काम सम्पन्न भएको छ । उक्त स्कुलमा १९ लाख ६७ हजार लाागतमा कम्पाउण्ड वाल निर्माण र शुद्ध खानेपानी आयोजनाको काम सम्पन्न भएको छ ।

यस्तै, देवानगञ्ज–७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माणको काम सम्पन्न भएको छ । २६ लाख २८ हजार ७२० रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण कार्य सम्पन्न भएपनि कम्पाउण्ड वाल लगाउने काम बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

निर्माण सम्पन्न भएको उक्त भवन अब चाडैँ सञ्चालनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले बताए ।

यस्तै वडा नं। ७ को अधुरो स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । यसैगरी वडा नं। ७ मा सडक आरसिसि ढलानको कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नं। ७ मा एक किलोमिटर सडक निर्माण भएको छ ।
अन्य योजना बहुवर्षीयअन्तर्गत रहेकाले आगामी वर्षमा निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितीकी संयोजक पुनिताकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाई, लेखा अधिकृत ईन्द्र श्रेष्ठ, सूचना प्रविधि अधिकृत जर्नादन मेहतालगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्