जनता अभियान सोमबार, कार्तिक १५, २०७८
सुनसरी र बाँकेबाट कौडा र तास खेलिरहेका १७ जुवाडे पक्राउ परेका छन ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नगद २ लाख ८२ हजार ५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यस्तै बाँके, खजुरा गाउँपालिका-२ ए गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी ताससहित पक्राउ गरेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्