नेकपा एसका नेता राजेन्द्र राईले गरे प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश

जनता अभियान सोमबार, कार्तिक १५, २०७८

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

आज प्रदेश प्रमुखसमक्ष राईले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सोमबार मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भोली दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।

प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध पाँच दलका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा नेकपा एमालेको ४१ सांसदमात्र छन् । उता विपक्षी गठबन्धनमा नेपाली काँग्रेसको २१,माओवादी केन्द्रको १५,नेकपा एकीकृत समाजवादीको १०, जसपाका तीन सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद छन् ।

यहाँ कमेन्ट गर्नुहोस्