देवानगन्जमा खुल्यो ‘जनता अभियान’ को केन्द्रीय कार्यालय

जनता अभियान बुधबार, कार्तिक १७, २०७८

सुनसरीको देवानगन्ज गाउँपालिमा ‘जनता अभियान डटकम’को केन्द्रीय कार्यालय खुलेको छ । मंगलबार दिउँसो १ बजे देवानगन्ज–३ नयाँ हाटको सामुदायिक भवनमा एक कार्यक्रमबीच जनता अभियानको केन्द्रीय कार्यालयको उद्घाटन भएको हो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेले रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमा बोल्दै शर्माले हालको अवस्थामा पत्रकारिता एक चुनौती भएपनि अध्ययन र अनुभवले सफलता मिल्न सक्ने बताए ।

यस्तै, घिमिरेले अनलाइन मिडिया समाजमा थुप्रै भएपनि पत्रकारिताको धर्म र आचार संहिताअनरुप चल्न सक्नुपर्नेमा जोड दिए । जेए मिडिया हाउस प्रालिद्वारा सञ्चालित जनता अभियानका प्रवन्धक विनोद मेहताले स्थानीय स्तरमा रहेर भएपनि जनतालाई निष्पक्ष समाचार दिने आफूहरुको योजना रहेको सुनाए । जनस्तरमा ऐनाजस्तै स्पष्ट काम गर्ने अभियान बोकेका कारण जनता अभियान नाम राखेको सुनाउँदै मेहताले समाजको यथार्थ चित्रण गर्न सधैँ लागिपर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, ब्रोडकास्टिङ एसोसियन नेपाल (बान) अध्यक्ष अरबिन्द मेहता, नासा इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष अरिबन्द मेहतालगायतको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्