जनता अभियान आइतबार, कार्तिक २१, २०७८
जिल्ला प्रहरी कार्यालय मोरङअगाडि एक घरमा तोडफोड भएको छ । विराटनगर(१ शंकर चोकस्थित देविका मास्केको घरमा ठुलो सङ्ख्यामा आएको मानिसको हुलले तोडफोड गरेको हो ।
भाइटीकाको साँझ दुई समूहबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि विवाद ग्याङ्ग फाइटमा परिणत भएको थियो । झगडामा संलग्न दुई समूहमध्ये एक समूहका एक जनालाई मास्केले आफ्नो घरमा संरक्षण दिएको भन्दै अर्को समूहका मानिसले मास्केको घरमा तोडफोड गरेका हुन् ।
झडपमा पर्दा विराटनगर(१ विरेन कामत घाइते भएको छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नता भएको आरोपमा दुई जनालाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ ।
मदिरा सेवन गरेपछि शंकरपुर र शान्ति चौकका युवाहरू बीच झडप भएको थियो । एउटा समुहले विराटनगर १ स्थित नातिकाजी मास्केको घर तोडफोड गरिदिएको छ । तोडफोड गर्ने समूह पहिचान गर्ने र घटनामा संलग्नताको खोजीकार्य गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चाँडैं नपुग्दा घटना भएको स्थानीयको भनाइ छ ।
राति १० बजे भएको उक्त तोडफोडमा मास्केको घरको झ्याल–ढोका, पर्खाल, फर्निचरलगायतमा क्षति पुगेको छ ।