कोसी गाउँपालिकाका किसानलाई पाँच सय २५ थान कोदालो वितरण

जनता अभियान सोमबार, कार्तिक २२, २०७८

सुनसरीको कोसी गाउँपालिकामा गरिव तथा विपन्न कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रीकरणको प्रचार गर्न कोदालो वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत आठवटा वडाका कृषकलाई जोत्नेदेखि खन्नेसम्मका उपकरण उपलब्ध गराएको उपाध्यक्ष अनिता यादवले जानकारी दिइन् । उनका अनुसार कोसी गाउँपालिका–७ हरिपुरका किसानलाई कृषि औजार कोदालो वितरण गरिएको हो । गाउँमा अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ का कृषकलाई आवश्यकतामा आधारिक सहयोग गर्दै आएको उनले बताइन् । गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीका अनुसार गाउँपालिकाको वडा नम्बर ७ का कृषकलाई कादालो प्रदान गरिएको हो । अध्यक्ष अन्सारीले कोसी गाउँपालिका वडा नम्बर ७ का ५२५ कृषकलाई एकसाथ कोदालो प्रदान गरिएको बताए । विपन्न वर्गका किसानले कोदालो पाएपछि खुसी भएको स्थानीय रमेश सदाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्