मोरङको बूढीगङ्गास्थित उद्योगमा लडेर अप्रेटरको मृत्यु

जनता अभियान आइतबार, कार्तिक २८, २०७८

मोरङको बूढीगङ्गास्थित एउटा उद्योगमा कार्यरत अप्रेटरको लडेर मृत्यु भएको छ ।

बूढीगङ्गा गाउँपालिका–५ मा रहेको स्वस्तिक आयल उद्योगका अप्रेटर ५२ वर्षीय राजेशकुमार विश्वासको मृत्यु भएको हो । बूढीगङ्गा–५ घर भएका विश्वास आज (आइतबार) बिहानका राति २ः१५ बजेतिर उद्योग परिषरमै लडेर घाइते भएका थिए ।

उपचारका लागि लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । विश्वासमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उद्योगले दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्