सरकारी सेवामा प्रवेश गर्न चाहनेका लागि देवानगन्जमा ‘लोकसेवा पुस्तकालय’

विनोद मेहता सोमबार, कार्तिक २९, २०७८

सुनसरीको देवानगन्जमा सरकारी सेवामा प्रवेश गर्न चाहनेका लागि ‘लोकसेवा पुस्तकालय’ स्थापना भएको छ । देवानगन्ज गाउँपालिका घर भइ भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको सहयोगमा पुस्तकालय स्थापना भएको हो । देवानगन्ज–३ स्थित कृष्ण माध्यमिक विद्यालयमा लोकसेवा पुस्तकालय स्थापना भएको उक्त पुस्तकालय मंसिर १ गतेबाट सञ्चालनमा आउने मेहताले जानकारी दिए ।

कृष्ण माविका पूर्वविद्यार्थीसमेत रहेका मेहताले देवानगन्जका युवाहरूको लोकसेवाप्रतिको आकर्षण बढ्दै गएकोले पालिकाभित्र नै लोकसेवा पुस्तकालय स्थापना गरेका हुन् । उक्त पुस्तकालयको गत कात्तिक १९ गते देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले उद्घाटन गरेका थिए । नासा इन्भेस्टमेन्ट प्रालिको समन्वयमा बनेको पुस्तकालयको संरक्षकमा कृष्ण माविका प्रधानाध्यापक उमेशप्रसाद मेहता रहेका छन् । पुस्तकालयमा लोकसेवाका पुस्तकका साथै शिक्षक सेवा र विभिन्न प्रतिस्पर्धात्मक परीक्षा (छात्रवृत्तिका लागि इन्ट्रान्स) का पुस्तकहरू पनि उपलब्ध हुने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्